बलात्कारको आरोप लागेको एसएसपी राणाद्वारा आत्मसमपर्ण

डिसी नेपाल
१९ माघ २०७६ १५:२१

काठमाडौं। बलात्कारको आरोप लागेका धरानमा कार्यरत एसएसपी सौरभ राणाले आत्मसमपर्ण गरेका छन्।

सुनसरी प्रहरी अदालतबाट पक्राउपुर्जी जारी गरेपछि एसएसपी राणा आफैं जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका थिए। राणा अहिले सुनसरी प्रहरीको नियन्त्रणमा रहेको सुनसरी प्रहरी प्रवक्ता डिएसपी विनोद शर्माले जानकारी दिए।

अहिले राणाको मेडिकल जाँच भइरहेको छ। राणालाई थप अनुसन्धानका लागि अदालतबाट म्याद थप गर्ने प्रहरीले तयारी गरेकाे छ।

राणा विरुद्ध एक महिलाले आफूमाथि जबर्जस्ती करण गरेको आरोप लगाउँदै उजुरी दिएकी थिइन्। एसएसपी राणालाई बिहीबार नै गृहमन्त्रालयले निलम्बन गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *