२५० करोड कमाउँदा पनि ‘दरबार’ घाटामा, वितरकले रजनीकान्तसँग क्षतिपूर्ति मागे

डिसी नेपाल
२० माघ २०७६ १४:०८

चेन्नइ। तमिल अभिनेता रजनीकान्तको पछिल्लो रिलिज वक्सअफिसमा फ्लप भएको खुलासा भएको छ। सिनेमा फ्लप भएर घाटामा गएपछि एआर मुर्गादोषको निर्देशनमा बनेको सिनेमाका वितरकहरुले क्षतिपूर्तिका लागि ७० वर्षीय रजनीकान्त ढोका ढक्ढकाउने भएका छन्।

उनीहरुले रजनीकान्तलाई उनकै निवासमा भेट्ने बताइएको छ। उनीहरुले रजनीकान्तले समस्या बुझेर आफूहरूलाई क्षतिपूर्ति दिने आशा राखेका छन्। यसअघि रजनीकान्तले ‘लिङ्गा’ नामक सिनेमा फ्लप भएपछि वितरकहरुलाई रकम फिर्ता दिएका थिए।

वितरकहरूले सिनेमा निर्माण कम्पनी लाइका प्रोडक्सनले कुनै चासो नदिएपछि रजनीकान्तलाई भेट्ने निर्णय गरेका हुन्। रजनीकान्तको सो सिनेमाको लागत दुई समय करोड भारूमा तयार भएको हो जसमा रजनीकान्त एक्लैलाई पारिश्रमिक बापत एक सय आठ करोड भारू दिइएको थियो। सिनेमाले विश्वव्यापी रुपमा २५० करोड भारू कमाएको बताइन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.