नेपाली मुलका ओमानी क्रिकेटर सुरजले हिन्दी लवजमा भनेः राम्रो तयारी गरेर आएका छौं (भिडियो)

डिसी नेपाल
२० माघ २०७६ १७:४८

काठमाडौं । माघ २२ गते शुरु हुने विश्वकप लिग–टु अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि ओमानको टोली काठमाडौं आइपुगेको छ।

यो संगै यसपालीको ओमानको क्रिकेट टोलीमा एकजाना नेपाली मुलका खेलाडी सुरज कुमार रहेका छन्। नेपालको बाग्लुङ पुर्खोली घर भए पनि उनका मातापिता कामको सिलसिलामा भारत बसाई सरेका थिए। उनको जन्म भारतमा नै भएको थियो।

बाल्यकालदेखि नै क्रिकेटमा रुची राखेका सुरजले भारतमा विभिन्न स्थानीय प्रतियोगितामा सहभागिता जनाए। तर अहिले उनी ओमान क्रिकेट टिमका महत्वपुर्ण सदस्य रहेका नेपाल आएका छन्। नेपाल भ्रमणमा रहेका सुरज कुमार प्रतियोगिताको तयारी राम्रो रहेको बताउँछन्। उनले नेपालमा नेपालविरुद्ध नै खेल्नु आफ्नो अविष्मरणीय अनुभव हुने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *