कोरोनाभाइरस मार्न चीन पुगिन् राखी सावन्त, शेयर गरिन् भिडियो

डिसी नेपाल
२१ माघ २०७६ ११:४१

काठमाडौं। बलिउडकी विवादित आइटम गर्ल राखी सावन्त चीन गएकी छिन् । उनले आफू कोरोनाभाइरस मार्नको लागि चीन जान लागेको र कोरोनाभाइरस मारेरै फर्कने बताएकी छिन् । उनले इन्स्टाग्राममा भिडियो शेयर गर्दै यस्तो बताएकी हुन् । भिडियोमा उनी विमानमा छिन् ।

पछिल्लो केही समयदेखि चीनमा कोरोना भाइरसको प्रकोप अत्याधिक छ । तर, राखीलाई भने यसको पटक्कै डर छैन । राखी कोरोना भाइरस मानै भन्दै चीन पुगेकी छिन् । भिडियोमा राखीले आफूलाई भाइरबाट डर नलागेको र आफू भाइरस मार्न जान लागेको बताएकी छिन् । राखीले त यहाँसम्म भनिदिइन् कि उनले अमेरिकाको नासाबाट यो भाइरस मार्ने औषधी मगाएकी छिन् । राखीको यो भिडियो मानिहरुलाई निकै कमेडी लागिरहेको छ ।

 

View this post on Instagram

 

A post shared by Rakhi Sawant (@rakhisawant2511) on




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.