कोरोना संकटः भारतले चीनबाट नेपालीको उद्धार गर्न खोज्दा नेपालले मानेन!
काठमाडौं। उत्तरी छिमेकी मुलुक चीन यतिबेला रहस्यमयी कोरोना भाइरसको चपेटामा छ। चीनमा रहेका आफ्ना नागरिकहरुलाई विभिन्न देशहरुले उद्धार गरेर आफ्नो देश ल्याएका छन्।
नेपालले पनि चीनमा रहेका नेपालीको उछार गरिने बताउँदै आएको छ। तर, भारतले चीनको वुहानमा रहेका नेपालीको उद्धार गर्ने प्रस्ताव गर्दा नेपालले अस्वीकार गरेको भारतले दावी गरेकाे छ।
भारतीय विदेशमन्त्री सुव्रमण्यम जयशंकरले शुक्रबार भारतको संसदमा चीनबाट आफ्ना नागरिकको उद्धारबारे जानकारी दिँदा यो यस्ताे दावी गरेका हुन्। उनले भनेका छन्, ‘हामीले वुहानमा हाम्रा विद्यार्थीको उद्धार गर्दा छिमेकी मुलुकका विद्यार्थीको पनि उद्धार गरिदिने प्रस्ताव गरेका थियौं।’
भारीय सञ्चार माध्यमहरुका अनुसार जुन देशले भारतको प्रस्ताव स्वीकार गरे, उनीहरुलाई भारतले उद्धार गरेको थियो। तर, भारतको प्रस्ताव अस्वीकार गर्ने छिमेकी मुलकका विद्यार्थीको भने उद्धार गरिएन।
भारतीय सञ्चार माध्यमहरुका अनुसार भारतले आफ्ना ३ सय बढि नागरिकको उद्धार गरेको थियो भने माल्दिभ्सका ७ जनाको पनि उद्धार गरेको थियो।
यता नेपालले डब्ल्यूएचओको मापदण्ड पूरा गरेपछि वुहानमा स्वदेश फर्किन निवेदन दिएका १८० जना नेपालीको उद्धार गर्ने जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment