पुनम पाण्डेले शिल्पा शेट्टीका पतिलाई मुद्दा हालिदिइन्

डिसी नेपाल
२५ माघ २०७६ १५:५१

मुम्बइ। शिल्पा शेट्टीका पति राज कुन्द्रा विरुद्ध पुलिसले उजुरी लिन नमानेपछि अभिनेत्री पुनम पाण्डे मुम्बइ हाइकोर्ट पुगेकी छिन् । यो विवाद पुनमले आर्म्सप्राइम मिडियासँग २०१९ मा गरेको एक सम्झौतापछि सुरु भएको थियो । यो कम्पनीले एउटा एप बनाउने वाला थियो जसबाट हुने मुनाफाको एक निश्चित हिस्सा पुनम पाण्डेलाई दिइने तय थियो ।

पुनमका अनुसार उनले यो सम्झौता रद्द गरेकी थिइन् । मुनाफा बाँडफाँडमा भेदभाव गरिएको थाहा पाएपछि उनले यो सम्झौता रद्द गरेको बताएकी थिइन् । यो सम्झौताबाट हटेसँगै उनको निजी नम्बरमा कल आउन सुरु भयो जसमा उनलाई अलग अलग किसिमका माग गरिन्थे । उनले यसको उजुरी पुलिसमा गरेकी थिइन् तर पुलिसले उजुरी दर्ता गरेन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.