अनुष्का शेट्टीको भारतीय क्रिकेटरसँग बिहेको चर्चा

डिसी नेपाल
२६ माघ २०७६ ९:३३

काठमाडौं। बाहुबलीमा देवसेनाको भूमिका निभाएर चर्चामा आएकी अभिनेत्री अनुष्का शेट्टी व्यक्तिगत जीवनका कारण पनि चर्चामा रहन्छिन् । पहिले उनको नाम बाहुबलीमा उनका सहकर्मी प्रभाससँग जोडिएको थियो । तर प्रभासले २०१९ मा कफी विथ करणमा करण जौहरसँग कुराकानीको क्रममा यी हल्लाहरुमाथि पूर्णविराम लगाइदिएका थिए ।

पछिल्लो समय अनुष्काको बिहेको चर्चा छ । उनको नाम एक भारतीय क्रिकेटरसँग जोडिएको छ । यी दुईले छिटै बिहे गर्ने पनि चर्चा छ । पिंकभिलाले अनुष्काले अहिले एक भारतीय क्रिकेटरसँग डेट गरिरहेको लेखेको छ । अहिलेसम्म क्रिकेटरको नामको खुलासा भएको छैन । यद्यपि ती क्रिकेटर दक्षिण भारतका नभइ उत्तर भारतका भएको रिपोर्टमा दावी गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.