हलमा देखियो विराजको क्रेज
काठमाडौं। कुनै समय नेपाली फिल्ममा एक्सन स्टारका रुपमा रुचाइएका अभिनेता विराज भट्ट झण्डै चार वर्षपछि फिल्म ‘साङ्लो’मार्फत पर्दामा आएका छन्। फिल्म गत शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनरत छ। यो उनी अभिनित फिल्म मात्र होइन्, फिल्मका निर्देशक पनि स्वयंम विराज नै हुन्।
गीत र ट्रेलरबाट नै प्रतिक्षित बनेको फिल्मलाई दर्शकले कस्तो माने? शनिबार यो फिल्म हेर्न काठमाडौं उपत्यकाका अधिकांश हल भरीभराउ रहे। फिल्म हेरेका अधिकाशं दर्शकले फिल्मको एक्सन पाटोलाई सशक्त माने। विशेषगरी सिंगल थिएटरहरुमा फिल्मले दर्शकको राम्रो साथ पायो।
शनिबार फिल्मका अभिनेता विराज भट्ट, नायिका निकिता चण्डक, अभिनेता प्रकाश शाह, अमित गिरी काठमाडौंका विभिन्न सिंगल थिएटरहरुमा पुगेका थिए। जहाँ विराजलाई दर्शकले घेरे, हुटिङ र सीठ्ठी फुके। धेरैले विराजलाई बाघ फर्किएको भन्दै हुटिङ गरे। विराज सहितको टिम गोपीकृष्ण हल, अष्टनारायण, गुण सिनेमा लगायतका हलमा पुगेका थिए। जहाँ उनीसंग सेल्फी खिच्नेको थामिनसक्नु भीड देखिएको थियो। हलमा विराजले फिल्मका संवाद बोलेर सुनाएका थिए। त्यस्तै फिल्मको गीत पनि गुनगुनाएका थिए।

हलमा देखिएको भीडले विराजको स्टारडम देखायो। दर्शकको साथ देखेपछि मिडियासामु विराजले भने, ‘मलाई यस स्थानसम्म दर्शकले ल्याउनु भएको हो। र, लामो समयपछि दर्शक माँझ आउँदा यतिको स्वागत होला भन्ने सोचेको थिएन। मायाको लागि धन्यवाद।’







डिसी नेपाल








Facebook Comment