बिहे नगरी आमा बनिन् अभिनेत्री कल्की कोचलिन

डिसी नेपाल
२६ माघ २०७६ १२:१७

मुम्बइ। अभिनेत्री कल्की कोचलिनको जीवनको नयाँ अध्याय सुरु भएको छ । रिपोर्टका अनुसार कल्की आमा बनेकी छिन् । रिपोर्टमा जनाइएअनुसार कल्कीले शुक्रबार छोरीलाई जन्म दिएकी हुन् । यद्यपि अहिलेसम्म कल्की वा उनको परिवारको तर्फबाट यसको पुष्टि भइसकेको छैन ।

कल्की गर्भवती भएको खबर आएसँगै उनी चर्चामा थिइन् । कल्कीले लगातार बढिरहेको पेटसहितका फोटोहरु सामाजिक संजालमा शेयर गरिरहेकी थिइन् । कल्कीले २०११ मा अनुराग कश्यपसँग बिहे गरेकी थिइन् । यो सम्बन्ध करिब ४ वर्ष चल्यो र २०१५ मा उनीहरुको सम्बन्धविच्छेद भयो ।

त्यसपछि कल्की गाय हर्शबर्गसँग सम्बन्धमा आएकी थिइन् । कल्कीकी यी छोरीका पिता हर्शबर्गनै भएको बताइएको छ । यद्यपि यी दुईको अहिलेसम्म बिहे भएको छैन । कल्कीले गर्भवती भएपछि आफूहरुको सम्बन्धलाई कानुनी रुपमा बिहेको रुप दिने विषयमा हर्शबर्गसँग सल्लाह भइरहेको बताएकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.