कोरोना भाइरसबाट बँच्ने अचम्मका उपाय (१२ तस्बिर)

डिसी नेपाल
२७ माघ २०७६ ९:३८

काठमाडौँ । पछिल्लो समय चीनबाट फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या दिन प्रतिदिन बढीरहेको छ । सोमबार बिहानसम्म कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ सय १० पुगेको छ । यसमध्य फिलिपिन्स र हङकङमा एक एक जना रहेको छन् ।

आइतबार चीनमा मात्रै ९७ जनाले ज्यान गुमाएका छन् । चीनमा आइतबार मात्रै २ हजार ९ सय ७३ जना नयाँ संक्रमित फेला परेका छन् । यो सँगै हालसम्म चीनमा कोरोना भाइरस संक्रमितको संख्या ४० हजार १ सय ७१ पुगेको छ।

कोरोना भाइरसको संक्रमण बढेसँगै चीनमा मानिसहरु घर बाहिर निस्कन मुस्किल पर्न थालेको छ । यसका बाबजुद् चीनका नागरिकहरु कोरोनाको संक्रमणबाट बँच्न काटिएका पानीका जार र ठुलो प्लास्टिक लगाएर हिँड्न थालेका छन् ।

मानिसहरुले माक्स, पन्जा, हेल्डमेटसहित शरीरमा प्लास्टिक र बाक्लो कपडाले बाँधिएर हिँडेका तस्बिर सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

हामीले यहाँ यस्तै १२ तस्बिर प्रस्तुत गरेका छौँ 

   

   




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *