‘दर्शकबाट पहिलेजत्तिकै माया पाएँ’, विराज भट्ट भन्छन् : ‘साङ्लो २’ बन्न सक्छ

डिसी नेपाल
२७ माघ २०७६ १३:४९

काठमाडौं। ‘यतिका पछि आउँदा पनि दर्शकले मेरो फिल्मलाई रुचाउनुभयो। मैले दर्शकबाट पहिले पाएको मायामा कुनै कमी भएको महशुस गरिन्’ अभिनेता विराज भट्टले आफ्नो फिल्म ‘साङ्लो’ प्रदर्शनमा आएपछि दर्शकबाट पाएको माया सुनाए।

‘साङ्लो’ विराज अभिनित फिल्म मात्र होइन्, फिल्मको निर्माण र निर्देशन पनि उनकै हो। गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले बक्स अफिसमा सुःखद ब्यापार गरिरहेको छ। तिहारपछि सुनसान सिनेमा हलमा चहलपहल बढेको छ।

विराज झण्डै चार वर्षको अन्तरालपछि ‘साङ्लो’मार्फत दर्शकमाझ आएका हुन्। त्यसअघि उनी केही वर्ष भोजपुरी फिल्ममा व्यस्त रहे। चार वर्षपछि पर्दामा आउँदा आफूले पहिले जत्तिको माया पाएको विराज बताउँछन्।

उनी फिल्म यूनिटसंग विभिन्न हलमा पुग्दा दर्शकले ‘साङ्लो २’को माग गरेको बताउँछन्। दशर्कको माग अनुसार ‘साङ्लो २’ बन्न पनि सक्ने उनले बताए। ‘जति हलमा पुग्यौँ, त्यहाँ दर्शकले यसको दोस्रो सिक्वेल चाहियो भन्नुभएको छ। दर्शकले चाहानुभयो भने ‘साङ्लो २’ बन्न सक्छ’– विराजले भने। यद्यपी ‘साङ्लो २’ बनाउने विषयमा आफूले भने सोचिनसकेको बताए।

विराज फिल्ममा यो ग्याप आफूले चाहेर नभएको बताउँछन्। डिसी नेपालसंगको कुराकानीमा उनले भने, ‘चाहेर ग्याप गरेको होइन्। ‘जय पर्शुराम’ अघि पनि, पछि पनि केही फिल्महरु साइन गरेको थिए। बन्छ–बन्छ भन्दाभन्दै ति फिल्महरु बनेनन्। त्यस्ता प्रोजेक्टहरुमा त्यत्तिकै अडकिए्।’ आधा दर्जन सिनेमाहरु साइन गरेपछि नबनेको विराजले बताए। आफूले अझ बढी ग्याप गर्न नचाहेर नै ‘साङ्लो’ निर्माण गरेको उनले बताए।

दर्शकको चाहाना नै आफू फिल्म गरिरहोस् भन्ने रहेको रहेको बताउँदै अब निरन्तर नेपाली फिल्ममा काम गर्ने विराजको भनाई छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.