लागुऔषधसहित पाँच जना पक्राउ

डिसी नेपाल
१ फागुन २०७६ १८:०७

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि र सूर्य विनायकबाट लागुऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ चार दोबाटोबाट तीन र सूर्यविनायक नगरपालिका–१ सिरुटारबाट दुई जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता दीपक गिरीले जानकारी दिए।

लागुऔषध नाइट्रोपाम ३३० ट्याब्लेटसहित सिन्धुपाल्चोकको यमुनाडाँडा–४ बस्ने २६ वर्षीय रामकुमार खड्का, सूर्यविनायक नगरपालिका–५ कटुन्जे बस्ने २५ वर्षीय राधे मग्राती र काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–३ बस्ने १९ वर्षीय सुरेश भुजेललाई प्रहरीले पक्राउ गरेको परिसरका प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।

त्यसैगरी प्रहरीले लागुऔषधसहित डाइजोपाम ३७ थान र फेनेरागन ३० थानसहित सूनपा–१ सिरुटारमा घर निर्माणको काम गर्दै आएका दुई जनालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । प्रहरीले मोरङको कञ्चनबारी गाउँपालिका–९ घर भई हाल काठमाडौँ थानकोट बस्ने ३१ वर्षीय मनोज अधिकारी र भारतको मोतिहारी जिल्ला घर भई हाल सिरुटार बस्ने ४३ वर्षीय मनेजर शर्मालाई पक्राउ गरेको गिरीले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *