तस्करीका कपडाको गाडी सहित चालक पक्राउ

डिसी नेपाल
२ फागुन २०७६ २०:५१

झापा । झापा प्रहरीले ६० लाख बराबरको अवैध रुपमा भित्र्याउन लागिएको सारी र अन्य कपडाको चाङ बरामद गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरी गाडी सहित सामान र चालकलाई सार्वजनिक गरेको हो ।

झापा जिल्लाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाका अनुसार बिहीबार बिहान अन्दाजी ८ः५० बजेको समयमा विशेष सुराकीका आधारमा मेचीनगर नगरपालिका वडा नं. १२ धाइजन स्थित मेची राजमार्गबाट चालक सहित गाडीलाई नियन्त्रणमा लिइएको थियो ।

उनले पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ज १८०७ नं.को महिन्द्रा कम्पिनीको बोलेरो पिकअप भ्यानमा लुकाइ छिपाई भन्सार नतिरी लाएको सामान आवश्यक कारवाहीको लागि क्षेत्रिय राजस्व कार्यालय इटहरीमा पठाइएको बताए ।

बरामद गरिएको सामानमा धेरै जसो महिलाको पहिरन रहेको एसपी कोइरालाले जानकारी दिए


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *