कोरोनाभाइरसबाट बच्न भन्दै कण्डम किन्न ओइरिए ग्राहक, कैयौं मेडिकल पसल खाली

डिसी नेपाल
३ फागुन २०७६ १३:५५

काठमाडौं। कोरोनाभाइरसबाट अहिलेसम्म १५०० भन्दा धेरैको मृत्यु भइसकेको छ । मानिसहरुमा यसको डर यतिसम्म बढेको छ कि केही कुरा छुन समेत डराइरहेका छन् । चीनपछि सिंगापुरमा कोरोनाभाइरस फैलिन थालेको छ । यहाँको सरकारले कोरोनाभाइरसका विषयमा ओरेन्ज अलर्ट जारी गरेको छ ।

अलर्टसँगै यहाँको बजारमा मास्क किन्नेको भीड बढ्यो । केही समयमै मास्क सकिएर अभाव हुन थाल्यो । यही बीचमा यहाँ कोरोनाबाट बच्नको लागि कण्डम प्रभावकारी हुने हल्ला चल्यो । त्यसपछि मानिसहरुले कण्डम किन्न थाले । अहिले स्थिति यस्तो भइसकेको छ कि यहाँका मेडिकल स्टोरमा कण्डमको अभाव भएको छ । सामाजिक संजालमा मानिसहरु कण्डमलाई कोरोनाभाइरसबाट बचावको प्रभावकारी तरिका भनिरहेका छन् । मानिसहरु लिफ्टको बटन थिच्न, सपिङमलका ढोका खोल्न कण्डमको प्रयोग गरिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.