बालगृहमा आगलागी हुँदा १५ बालबालिकाको मृत्यु

डिसी नेपाल
३ फागुन २०७६ १६:३३

मेक्सिको सिटी । अनाथ बालबालिकाहरुलाई राखिएको बालगृहमा भएको आगलागीमा परी हाइटीमा १५ बालबालिकाको मृत्युृ भएको छ । हाइटीको राजधानी पोर्ट औ प्रिन्सनजिकै रहेको बालगृहमा आगलागी भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

मृत्यु भएका मध्ये दुई जना पूर्ण रुपमा जलेका छन् । त्यस बाहेक अरु १३ जना भने घर भित्रै थुनिएर श्वासप्रश्वास अवरुद्ध भई मृत्यु भएको छ । घटनामा परी अरु केही घाइते भएका छन् । उनीहरुको अवस्था गम्भीर रहेको अधिकारीहरुले बताएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको श्वासप्रस्वासमा समस्या रहेको पाइएको छ ।

आगलागी बालगृहको पहिलो तलबाट सुरु भएको थियो । बालगृहमा ६६ जना बालबालिका रहेको थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.