ईयूका विमान आयातमा कर वृद्धि गर्ने अमेरिकी निर्णयले व्यापार विवाद बढ्नेः कम्पनी
पेरिस । यूरोपेली यूनियन (ईयू) मा निर्माण हुने विमानहरूको आयातमा करवृद्धि गर्ने संयुक्त राज्य अमेरिकाको निर्णयले वासिङ्टन र ईयूबीचको व्यापार विवाद अझ बढाउने एअरबसले शनिबार बताएको छ ।
अमेरिकी व्यापार प्रतिनिधिको कार्यालय (यूएसटीआर)को निर्णयले अमेरिका र ईयूबीचको व्यापार तनावलाई अझ बढाउनेछ र यसबाट विमानको अभाव खेपिरहेका अमेरिकी एअरलाइन्स कम्पनीहरूलाई थप सङ्कटमा धकेल्नेछ,” युरोपेली विमान निर्माताले एक विज्ञप्ति जारी गर्दै अमेरिकी निर्णयप्रति चासो व्यक्त गरेको छ ।
यो निर्णयले अमेरिकी एयरलाइन्सले गरेका धेरै प्रस्तावलाई विमान कम्पनीले मान्न सम्भव छैन । फलतः अमेरिकी हवाई यात्रु र अमेरिकी कम्पनीले नै बढाइएको शुल्क तिर्नु पर्ने हुन्छ , अमेरिकी पछिल्लो निर्णयले यसै तथ्यलाई उजागर गर्छ ।”
यूएसटीआरले शुक्रबार एक सूचना जारी गर्दै आगामी मार्च १८ देखि लागू हुने गरी एअरबसका विमान अमेरिकामा आयात गर्दा लाग्ने करमा १० प्रतिशतबाट पाँच प्रतिशत थप कर बढाई १५ प्रतिशत बनाउने घोषणा गरेको जानकारी दिएको थियो ।
एअरबसले भनेको छ, “यो नयाँ अमेरिकी निर्णयले एअरबस र अमेरिकाबीच यस पहिले छलफलमा रहेका बिषयको समाधानभन्दा समस्यालाई थप जटिलतातर्फ धकेल्नेछ । यो निर्णय पश्चातापपूर्ण रहनेछ ।” यद्यपि कम्पनीले अमेरिकी निर्णयलाई वार्ताका माध्यमबाट निकास निकाल्न आफूले प्रयास जारी राख्ने बताएको छ ।
अमेरिका र इयूबीच विगत १५ वर्षदेखि विमानमा छुटका लागि बहस चलिरहेको छ । विश्व व्यापार संगठन ९डब्लुटीओ० को आग्रहलाई मान्न अस्वीकार गरेको दुबै पक्षले एक आपसमा आरोप लगाउँदै आएका छन् जसका कारण उनीहरूले समस्याको समाधान निकाल्न सकेका छैनन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment