इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार सिंह र ढुङ्गानालाई

डिसी नेपाल
३ फागुन २०७६ २१:३५

काठमाडौं। नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापित इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार बाजुराका पत्रकार प्रकाश सिंह र अछामका पत्रकार मेनुका ढुङ्गानालाई प्रदान गरिने भएको छ।

एक हजार अमेरिकी डलर राशिको सो पुरस्कार हिमाल खबर पत्रिकाका पत्रकार सिंह र कान्तिपुर दैनिकका ढुङ्गानालाई प्रदान गर्न लागिएको हो। इञ्जा एशिया शाखाका अध्यक्ष टङ्क पन्तले सिंहलाई ‘कुपोषित बाजुरा’ र ढुङ्गानालाई ‘म छाउपडी रिपोर्टर’ आलेखमा उक्त पुरस्कार प्रदान गर्न लागेको जानकारी दिए।

सन् २०२९ मा विभिन्न पत्रिकामा प्रकाशित ३५१ समाचार तथा आलेखबाट सिंह र ढुङ्गानको आलेख पुरस्कारका लागि छनोट भएको हो। पुरस्कार छनोट समितिमा पन्तसँगै वरिष्ठ पत्रकार तीर्थ कोइराला र किशोर सापकोटा रहेका छन्।

यसैगरी एक हजार डलर राशिको यस वर्षको इञ्जा स्रष्टा सम्मान पुराना पत्रकार, वरिष्ठ साहित्यकार तथा प्राध्यापक ८५ वर्षीय चूडामणि रेग्मीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

नेपाली झर्रोवादी आन्दोलनका अगुवा रेग्मीलाई धेरैले ‘पूर्वको मोतीराम’ भनेर सम्मान गर्ने गर्छन्। झापाको युगज्ञान साप्ताहिकबाट पत्रकारिताको शुरुआत गरेको रेग्मीले यथार्थ कुरा पाक्षिकको सम्पादन गर्नुका साथै साहित्यिक त्रैमासिक जुही प्रकाशनसमेत गरेका थिए।

इञ्जाका वरिष्ठ उपाध्यक्ष सुनिलमणि दाहाल, साहित्यकार अम्बिका गुरुङ र अनेशास डिसी कमिटी अध्यक्ष भूपनारायण घर्तीमगर रहेको समितिले वरिष्ठ साहित्यकार रेग्मीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। उक्त पुरस्कार मार्च १ तारिखमा प्रदान गरिने इञ्जाले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *