फिल्मफेयरमा गल्ली ब्वायको वर्चश्व, जित्यो १२ अवार्ड

डिसी नेपाल
४ फागुन २०७६ १५:५२

मुम्बइ। भारतको आसाममा आयोजित ६५ औं फिल्म फेयर अवार्ड ‘गल्ली ब्वाय’ ले जितेको छ । एक र्‍यापरको कथामा आधारित फिल्म ‘गली बोय’ बाट उत्कृष्ट नायकको अवार्ड रणविर सिंहले पाए भने उत्कृष्ट अभिनेत्री आलिया भट्ट भइन्।

फिल्मले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशन, उत्कृष्ट सर्पोटिङ रोल, उत्कृष्ट म्युजिक एल्बम, उत्कृष्ट गीत, उत्कृष्ट स्क्रिनप्ले, उत्कृष्ट डायलगको विधामा पुरस्कृत भयो।

क्रिटिक्सतर्फको पुरस्कारमा भने ‘आर्टिकल १५’को वर्चश्व रह्यो। ‘आर्टिकल १५ र ‘सोन चिरैया’ क्रिटिक्सतर्फको उत्कृष्ट फिल्मको पुरस्कार पाएका थिए। ‘आर्टिकल १५’ का अभिनेता आयुष्मान खुरानाले क्रिटिक्सतर्फको उत्कृष्ट अभिनेता लिडिङ रोलको पुरस्कार पाए।

क्रिटिक्सतर्फको उत्कृष्ट अभिनेत्रीको पुरस्कार ‘साँढ कि आँखे’बाट भुमि पेडनेकर र तापसी पन्नुले पाइन्।

उत्कृष्ट डेब्यु डायरेक्टर ‘उरीः द सर्जिकल स्ट्राइक’का आदित्य धर भए भने बेस्ट डुब्यु एक्टर ‘मर्दको दर्द नही होता’ फिल्मबाट अभिमन्यु दसानीले पाए। बेस्ट डेब्यु एक्ट्रेस अनन्या पाण्डे, बेस्ट ओरजिनल स्टोरी आर्टिकल १५ बाट अनुभव सिन्हा र गौरव सोलंकीले पाएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *