म्याद गुज्रेको हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइएको भन्दै प्रदेशसभा सदस्यहरुको आपत्ति

डिसी नेपाल
६ फागुन २०७६ २०:२४

रुपन्देही । प्रदेश नं– ५ को प्रदेशसभाका सदस्यहरुले हात्तीपाइले रोग निवारणमा खुवाइएको औषधिको म्याद गुज्रेको भेटिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार बसेको प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्य विजयकुमार यादवले बाँकेको डुँडुवा गाउँपालिकाको २ मा खुवाइएको औषधि तीन महिनाअघि नै म्याद सकिएको भेटिएको बताए । उनले स्वास्थ्यकर्मीले नै म्याद सकिएको औषधि बिरामीलाई खुवाएको भन्दै बैठकमा आपत्ति जनाए ।

हात्तीपाइले निवारणको लागि बाँके, बर्दिया, दाङलगायतका जिल्लामा केही दिनअघि मात्रै औषधि खुवाइएको थियो । ती औषधिमध्ये बाँकेमा खुवाइएको औषधि म्याद गुज्रिएको भेटिएको हो । बैठकमा प्रदेशसभाका सदस्य सन्तोष पाण्डेले नेपाललाई औषधि प्रयोशगाला बनाइएको भन्दै त्यसलाई रोक्न माग गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *