अस्ट्रेलियाको आकाशमा २ बिमान ठोक्किँदा विमानमा सवार सबैको मृत्यु
मेलबोर्न । अष्ट्रेलियाको मेलबोर्नको ग्रामीण इलाकामा बुधबार दुई वटा साना बिमानहरु आकाशमै एकआपसमा ठोक्किएर त्यसमा सवार चारै जनाको मृत्यु भएको छ।
प्रहरीले दुबै बिमानमा एकएक जना पाइलट र एकएक जना यात्रु सवार रहेको जनाएको छ।
ती दुई बिमान म्यान्गालोर शहरमा करिब ४ हजार फिट माथि आकाशमा ठोक्किएका थिए।
दुबै बिमान कानुनी रूपमा वैध रहेका भए पनि घटनाको अनुसन्धान भैरहेको अधिकारीहरुले बताएका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment