प्रधानमन्त्री ओलीको तेह्रथुमस्थित निजी जग्गामा सेनाले बनाइदियो हेलिप्याड

डिसी नेपाल
७ फागुन २०७६ २०:२५

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली यही फागुन ११ गते ६८ वर्षको पुग्दैछन्। उनी आफ्नो ६९ औं जन्मदिन आफू जन्मेको घरमा भव्यरुपले मनाउने तयारीमा छन्। उनी जन्मेको तेह्रथुमको आठराईको इवा, पोखरी गाउँमा अहिले जन्मदिन मनाउनका लागि धुमधामका साथ तयारी चलिरहेको छ।

इवा, पोखरीस्थित ओलीको घर नजिकैको उनको जग्गामा सेनाले हेलिप्याड बनाइ दिएको छ। सेनाले तीन दिनलगाएर निःशुल्क सो हेलिप्याड बनाइदिएको स्रोतले जनायो। यो हेलिप्याड गत मंसिरमा बनाइएको हो। प्रधानमन्त्री ओली ११ गते हेलिकोप्टरमाफर्त सोही हेलिप्याडमा अवतरण गर्नेछन्।

प्रधानमन्त्रीकै हैसियतमा आफ्नो जन्मदिन मनाउने सोँच आएपछि ओलीले तेह्रथुमको इवा, पोखरीस्थित आफू जन्मेको घरसहितको जग्गा साढे १० लाखमा किनेका थिए।

स्वास्थ्य अवस्था कमजोर रहेका प्रधानमन्त्री ओली ११ गते नै काठमाडौं फर्किनेसमेत जनाइएको छ। उनी काठमाडौं फर्केपछि  मिर्गौलाको प्रत्यारोपण गर्ने तयारी छ। त्यसो त उनले गत असोजदेखि नियमित डायलसिस गराइरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.