चन्द्रागिरी नगरपालिकाका प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। विज्ञापन प्रसारण गरेको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत युवराज पौडेलविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
नगरपालिकाको सूचना प्रकाशन गरेबापट प्रिमियर डिजिटल मिडिया प्रालिलाई भुक्तानी दिने क्रममा पौडेले सेवाग्राहीबाट रु एक लाख घुस लिएको आयोगले आरोप लगाएको छ।
आयोगले बिजुलीको ट्रान्सफर्मर जडानपछि भुक्तानी दिने क्रममा सेवाग्रहीसँग घुस लिएको आरोपमा घ्याङलेख गाउँपालिका सिन्धुलीका इञ्जिनीयर दिलीपकुमार साहविरुद्ध पनि आरोपपत्र दायर गरेको छ। गाउँपालिकको विभिन्न वडामा ‘हाइटेन्सन’ र स्थानीय लाइन तथा ट्रान्सर्फमर जडान सम्पन्न भई अन्तिम कार्यसम्पन्न प्रतिवेदन तयार गर्ने क्रममा निजले सेवाग्राहीसँग दुई लाख ३० हजार घुस लिएको पुष्टि भएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
यसैगरी आयोगले भारतीय सीमावर्ती क्षेत्रबाट नून, तेल र चिनीलगायत समान ल्याउने क्रममा सेवाग्राहीसँग रु पाँच हजार घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय सुखीपुर सिरहामा कार्यरत प्रहरी जवान राजकुमार यादवविरुद्ध पनि मुद्दा दायर गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment