नयाँ संविधान बनेपछि १७५ जनाले लिए दाङबाट अङ्गीकृत नागरिकता

डिसी नेपाल
८ फागुन २०७६ ११:१६

तुलसीपुर । नयाँ संविधान विस २०७२ मा जारी भएपछि दाङजिल्लाबाट १७५ ले अङ्गीकृत नागरिकता लिएका छन्।

जिल्ला प्रशासन कार्यालय दाङका नायब सुब्बा भूपेन्द्र सिंह थापाका अनुसार आर्थिक वर्ष २०७२/७३ मा २६, २०७३/७४ मा २१, २०७४/७५ मा ३३, २०७५/७६ मा ३७ र चालु वर्षको हालसम्म ५८ ले वैवाहिक अङ्गीकृत नागरिकता लिएका छन्।

अङ्गीकृत नागरिकता लिने अधिकांशमा नेपाली पुरुषसँग बिहे गरेका भारतीय महिला रहेको उहाँले जानकारी दिए।

संविधानमा वंशज, अङ्गीकृत र आवासीय गरी तीन प्रकारले नागरिकता पाउन सकिने व्यवस्था छ। यसैगरी अङ्गीकृत नागरिकता वैवाहिक र जन्मको आधारमा दिइने प्रावधान रहेको जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *