संचारमन्त्रीलाई ‘माग्नेबुढा’को व्यङ्ग्य – ‘७० करोड माग्दा सय करोड मागेझैं गर्नी ? हेप्नी ?’
काठमाडौं। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले ७० करोड डिल गरेको अडियो सार्वजनिक भएको प्रसंगमा हाँस्य कलाकार केदार घिमिरे (माग्नेबुढा)ले सांकेतिक रुपमा व्यङग्य गरेका छन्।
‘माग्नेबुढा’ले सामाजिक सञ्जाल फेसकुकमा लेखेका छन् –‘७० करोड माग्या, कत्तिन १ सय करोड माग्या झै गर्छन्। ७० भनेको १ सय पुग्न ३० कम हो भन्ने थाहा छ की छैन ? हेप्नी ?’
यसअघि कलाकार दीपकराज गिरी, मनोज गजुरेलले समेत यस विषयमा फेसबुकमा व्यङग्य गरेका छन्।
मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको सन्दर्भमा बिचौलियासँग कमसिनको कुरा गरेको अडियो बुधबार राति सार्वजनिक भएको छ। उक्त अडियो सहित विभिन्न सञ्चार माध्यममा समाचार बाहिरिएसँगै मन्त्रीको चौतर्फी विरोध भईरहेको छ।

No ads found for this position
Facebook Comment
प्रतिक्रिया


डिसी नेपाल
Magne budo ko pani desh bhakti dekhiyo. Janata lai yak choti senti virus herna janus bhanna nasakne ko k aruko khoiro khannee. Sandarva rangasala