संचारमन्त्रीको बचाउमा खुला रुपमा उत्रिइन् सांसद नवीना लामा
काठमाडौं। संचारमन्त्री गोकुल बास्कोटाले कमिशन मागेको भनिएको अडियो सार्वजनिक भएपछि उनको चौतर्फी विरोध भइरहेको छ । यही बीचमा संचारमन्त्री बास्कोटाले पदबाट राजीनामा समेत दिइसकेका छन् । चारैतिर यस विषयमा उनको विरोध भइरहँदा नेकपा सांसद नवीना लामा भने खुला रुपमा उनको बचाउमा उत्रिएकी छिन् । लामाले फेसबुकमा एक स्टाटस लेख्दै यो सबै नेकपाको सरकार विरोधी शक्ति, केही दलाल पूँजीपति, व्यापारिक घराना र अन्तर्राष्ट्रिय ठेकेदारको सामूहिक षड्यन्त्रको उपज भएको उल्लेख गरेकी छिन् ।
लामाले लेखेकी छिन् –‘केवल श्रव्यसामग्रीको आधारमा मात्र कोही व्यक्तिलाई दोषी करार गर्ने कार्य देशमा स्थापित विधिको विपरित छ । कसैको पनि चरित्रहत्याको प्रयास गर्ने कार्य ग्राह्य हुँदैन । खाएको विष मात्र लाग्छ नखाएको विष लाग्दैन । सञ्चारमन्त्री माननीय गोकुल बास्कोटा कमरेड विरुद्धको पछिल्लो प्रकरण नेकपाको सरकार विरोधी शक्ति, केही दलाल पूँजीपति, व्यापारिक घराना र अन्तर्राष्ट्रिय ठेकेदारको सामूहिक षड्यन्त्रको उपज हो । सत्यतथ्य बाहिर आओस्, तबसम्म धैर्य गरौं ।’
No ads found for this position

डिसी नेपाल
Yo tamang ni haina khateni ho…muji
People here in nepal each and every step looking for money amount is depend on their position .