सञ्चारमन्त्रीले राजीनामा दिएपछि सरकारकै पत्रकार सम्मेलन स्थगित

डिसी नेपाल
८ फागुन २०७६ १६:२४

काठमाडौं। मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्न हरेक बिहीबार आयोजना गरिने पत्रकार सम्मेलन स्थगित भएको छ। सरकार प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएपछि विशेष कारण भन्दै मन्त्रालयले पत्रकार सम्मेलन स्थगित गरेको हो।

पत्रकार सम्मेलन स्थगित भएपछि गत सोमबार बसेको मन्त्रिपरिषदका बैठकका निर्णयहरुबारे जानकारी पाउन अझै केही दिन कुनुपर्ने भएको छ। घुस प्रकरणमा मुछिएपछि बाँस्कोटाले बिहीबार नै पदबाट राजीनामा दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *