मानवअधिकारविना सुशासन कायम हुन्न : सभामुख श्रेष्ठ
हेटौंडा । वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले मानवअधिकारबीना सुशासन कायम गर्न नसकिने बताएका छन् । शनिबार हेटौँडामा आयोजित एम्नेस्टी इन्टरनेशनल नेपाल समूह ६७औँ को वार्षिकोत्सवमा उनले देशमा मानवअधिकारको रक्षा नगरेमा सुशासन कायम गर्न सरकारलाई समस्या हुने बताउँदै सुशासन कायम गर्न मानवअधिकार आवश्यक रहेको बताए ।
उनले मानवअधिकारसम्बन्धी कानून हुँदाहुँदै पनि कहिलेकाहीँ कार्यान्वयन पक्ष अलि फितलो भइदिँदा उल्लङ्घनका घटना हुने गरेको बताए । सभामुख श्रेष्ठले भने, ‘संविधानले मानवअधिकारलाई प्रत्याभूत गरेको भए तापनि अधिकारलाई व्यवस्थित, मर्यादित र सहज ढङ्गले सदुपयोग गर्न नजान्दा मानवअधिकारको रक्षा गर्न नसकिएको हो ।’ उनले सरकारलाई मानवअधिकार उल्लङ्घन हुन नदिनका लागि कार्यान्वयन पक्षमा जोड दिन आग्रह गरे।
कार्यक्रममा मानवअधिकारकर्मी इन्द्रबहादुर श्रेष्ठ स्मृति मानवअधिकार सम्मान २०७६ बाट कूटनीतिज्ञ तथा पूर्वसांसद हिरण्यलाल श्रेष्ठलाई १० हजारसहित सम्मान गरिएको थियो ।







डिसी नेपाल







Facebook Comment