‘प्रेमगीत ३’ : शीर्ष गीत ‘हर युग होस् प्रेमको गीतको’ रिलिज [भिडियो]

डिसी नेपाल
११ फागुन २०७६ १२:१३

काठमाडौं। चैत २८ गते प्रदर्शनमा आउने यस वर्षको प्रतिक्षीत चलचित्र ‘प्रेमगीत ३’को शीर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ। ‘हर युग होस् प्रेमको गीतको’बोलको शीर्ष गीत सार्वजनिक गरिएको हो।

प्रताप दास र प्रविशा अधिकारीको स्वर रहेको गीतको भिडियोमा अभिनेता प्रदीप खड्का र नव–अभिनेत्री क्रिस्टिना गुरुङ फिचर्ड छिन्। गीतमा राजेश कुमार श्रेष्ठको शब्द र एलिश कार्कीको संगीत छ। भिडियोमा चलचित्रका चल/अचल दृश्यहरु समावेश छन्।

प्रेम कथामा आधारित चलचित्रमा प्रदीप ‘प्रेम’ र क्रिस्टिना ‘गीत’को भूमिकामा छिन्। सार्वजनिक गीतले यी दुईको प्रेमभाव बोल्छ। गीतमा बाल कलाकार अनुभव रेग्मी र सम्वृद्धि शाही ठकुरीलाई पनि देख्न सकिन्छ। चलचित्रमा अनुभव प्रदीपको बाल्यकालको भूमिकामा छन् भने सम्वृद्धि क्रिस्टिनाको बाल्यकालको भूमिकामा छिन्।

चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेका हुन्। चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, लक्ष्मी बर्देवा, समृद्धी शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, राज थापा, सुजल बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *