झापाको वन बाटिकामा बिपीको पूर्णकदको शालीक निर्माण
झापा । झापाको कनकाईस्थित बिपी वन बाटिकामा विश्वेश्वरप्रसाद कोइराला (बिपी) को पूर्णकदको शालीक निर्माण गरिएको छ।
कनकाई नगरपालिकाको रू १३ लाख १३ हजारको लागतमा उक्त शालीक निर्माण गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए।
पाँच फुट छ इञ्च अग्लो शालीकको कलाकार हिम्मत नेम्बाङले निर्माण गरेका हुन् ।
विसं २०४८ सालदेखि खाली रहेको जमिनमा स्थानीय काँग्रेसका नेता कार्यकर्ताले वृक्षरोपण गरी संरक्षण गरेको चार बिघा आठ कठ्ठा जग्गामा बिपी वन बाटिका निर्माण गरेका हुन्।
नगरपालिकाले उक्त जग्गामा तारबार गरी संरक्षण गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment