पोखरा फेवातालमा डुंगा पल्टियो, ३ जनाको उद्धार, एकजना बेपत्ता

डिसी नेपाल
१३ फागुन २०७६ ७:०२

पोखरा । पोखराको फेवातालमा डुंगा पल्टिँदा एक जना बेपत्ता भएका छन्।

पोखराको खपौँदी नजिकैबाट सँगै डुंगा चढेका ३ जनामध्ये एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

बेपत्ता हुनेमा काठमाडौँका सुमित लुइँटेल रहेका छन्।

काठमाडौंबाट आएका ४ मध्ये ३ जनालाई नेपाली सेनाले रेस्क्यु गरेको छ।

ऊनीहरुले सिङ्गल डुङ्गा लिएर गएका थिए। डुङ्गामा पानी भरिएर पल्टिएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *