कलङ्कीमा ट्रकले ९ वटा सवारीलाई ठक्करदिँदा एक जनाको मृत्यु, ४ घाइते

डिसी नेपाल
१३ फागुन २०७६ ९:०८

काठमाडौँ । काठमाडौँको कलङ्कीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

थानकोटबाट कलङ्कीतर्फ आउँदै गरेको ना ६ ख २८७१ नम्बर ट्रकले नौ वटा सवारीसाधनलाई ठक्कर दिँदा चितवन घर भई हाल गोङ्गबु बस्ने ३३ वर्षीय शमशेर गुरुङको मृत्यु भएको छ।

महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख प्रहरी नायब उपरीक्षक रुगम कुँवरले ब्रेक फेल भएको ट्रकले नौ वटा सवारीसाधनलाई ठक्कर दिएको जानकारी दिए ।

दुर्घटनामा घाइते भएका चार जनाको उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ।

दुर्घटना गराउने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *