च्याम्पियन्स लिगमा युभेन्टस पराजित
काठमाडौँ । च्याम्पियन्स लिगको राउण्ड अफ १६ को पहिलो लेगमा युभेन्टस पराजित भएको छ । युभेन्टस फ्रेन्च क्लब लियोनसँग १–० गोल अन्तरले पराजित भएको हो । लियोनको जितमा खेलको ३१औ मिनेटमा लुकास टोउसार्टले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
योसँगै युरोपियन खेलमा लियोनले युभेन्टसलाई पहिलो पटक पराजित गरेको हो । अब दुवै बीचको दोस्रो लेग मार्च १७ मा युभेन्टसको घरेलु मैदानमा हुने छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment