स्टीव स्मिथ आईसीसी वरियताको पहिलो स्थानमा
काठमाडौँ। अष्ट्रेलियाको रन मेसिन स्टीव स्मिथ फेरि एक पटक आईसीसी टेस्ट रैंकिंगको पहिलो स्थानमा उक्लिन सफल भएका छन्। शिर्ष स्थानमा उक्लिन क्रममा स्मिथले विराट कोहलीलाई पछाडि छोडेका छन्।
कोहलीले न्युजिल्यान्डसँग भएको टेस्टमा लगातार खराब प्रर्दशन गरेका कारण आप्नो शिर्ष वरियता गुमाएका हुन। यस क्रममा विराटले ५ अंक गुमाउँदै आईसीसीको रैंकिंगमा २ नम्बरमा झरेका छन्।
विराट कोहली आईसीसी रैंकिंगमा ९०६ अंक सहित दोस्रो स्थानमा रहेका छन भने स्टीब स्मिथले कोहलीलाई ५ अंकले पछाडि पार्दै ९११ अंक सहित शिर्ष स्थानमा उक्लिन सफल भएका छन्।
वरियताको तेस्रो स्थानमा न्युजिल्यान्डका केन विलियमसन्स, चौथौमा अष्टे्रलियाका मार्नुस लाबुसचेन्ज र पाँचौंमा पाकिस्तानका बाबर अजाम रहेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment