खुलेर बाँस्कोटाको बचाउमा उत्रिए प्रधानमन्त्री ओली

डिसी नेपाल
१५ फागुन २०७६ १६:५५

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा सेक्युरिटी खरिद प्रकरणमा कमिशनको मोलमोलाई गरेको अडियो टेप सार्वजनिक भएपछि राजीनामा दिन बाध्य भएका तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको बचाउमा उत्रिएका छन्।

बिहीबार पार्टीको बागमती स्तरीय प्रशिक्षण कार्यक्रममा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओली बाँस्कोटा प्रकरणमा पहिलो पटक बोल्दै बचाउमा उत्रिएका हुन्। उनले कार्यक्रममा बाँस्कोटमाथि मुद्दा नलागेको भन्दै भ्रष्टाचार प्रमाण भए जसरी प्रचार गरिएको आरोप लगाए। प्रधानमन्त्री ओलीले भने, ‘आफूमाथि बात लागेपछि गोकुल बाँस्कोटाले राजीनामा दिनुभएको हो। आरोप लागेको छैन, मुद्दा लागेको छैन।’

बास्कोटा स्वंयमले अडियो आफ्नो नभएको र न्याय खोज्छु भनेको उनले बताए। भ्रष्टाचार भए नभएको छानबिन हुने उनको भनाई छ। उनले नेताचहरुले चरित्र हत्या गर्ने काम भएकोसमेत आरोप लगाए। उनले कम्युनिष्ट आन्दोलनविरुद्ध षडयन्त्र भइरहेको भन्दै बाँस्कोटा सोही षडयन्त्रको शिकार भएको दावी गरे। तर कसले षडयन्त्र गरेको हो भन्नेबारे भने प्रधानमन्त्री ओलीले केही बताएनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *