आइसीसी वरियतामा पारसको सुधार, सन्दीपको खस्कियो
काठमाडौं । आइसीसीले बुधबार सार्वजनिक गरेको टि २० वरियतामा नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले आफ्नो स्थानमा सुधार गरेका छन् । भने स्पिनर सन्दिप लामिछाने दुई स्थान खस्किएका छन् ।
टि ट्वान्टी वरियताको अलराउन्डरतर्फ पारस खड्काले एक स्थान सुधार गर्दै २६ औँ स्थानमा उक्लिएका छन् । बलिङमा नेपाली स्पिनर सन्दिप लामिछाने दुई स्थान तल झर्दै ८६ औँ स्थानमा पुगेका हुन् । अफगानिस्तानका स्पिनर राशिद खान बलिङतर्फ वरियताको शीर्ष स्थानमा यथावत रहेका छन् ।
सन्दिप र पारसबाहेका नेपाली टिमका करण केसी र सोमपाल कामी अलराउन्डरतर्फ ६६ औँ स्थानमा यथावत रहेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment