बिना दर्शक रित्तो मैदानमा खेल, इन्टर मिलानको जीत

डिसी नेपाल
१६ फागुन २०७६ ८:२८

काठमाडौं। कोरोनाभाइरसको संभावित जोखिमलाई मध्यनजर गर्दै खाली रंगशालामा खेलाइएको खेलमा इन्टर मिलानले लुडोगोरेट्स राजग्राडलाई पराजित गरेको छ।

युरोपा लिगको अन्तिम १६ का लागि भएको दोश्रो लेगमा इन्टर मिलानले राजग्राडलाई २-१ ले पराजित गरेको हो। इन्टर संमग्रमा ४-१ ले विजयी हुँदै अन्तिम १६ मा पुगेको हो।

दोश्रो लेगमा २-१ को जित हासिल गर्ने क्रममा क्रिष्टियानो बिरागी र रोमेलु लुकाकुले गोल गरे। उनीहरूले खेलको ३१ तथा ४५+४ औं मिनेटमा गोल गरेका हुन्।

त्यसअघि राजग्राडले खेलको २६ औं मिनेटमा ओलिभिएरा सोउजाको गोलमा अग्रता लिएको थियो जसलाई ३१ औं मिनेटमा इन्टरले बराबरी गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *