त्रिपुरेश्वरमा सेनाको सुपथ मूल्य पसल
काठमाडौं । नेपाली सेनाले काठमाडौंको त्रिपुरेश्वरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
सैनिक कल्याणकारी योजना अतर्गत सेनाले वहालवाला सैनिक तथा अवकाश प्राप्त सैनिकले सेवा पाउने गरी आइतबारदेखि सहुलियत पसल सञ्चालनमा ल्याएको हो ।
उक्त पसलबाट वहालवाला सैनिक र अवकाश प्राप्त सैनिकका आश्रीत परिवारले समेत सुविधा पाउने छन् । सहुलियत पसलको उद्घाटन प्रधनसेनापति पूर्णचन्द्र थापाले गरेका हुन् ।
नेपाली सेनाले सहुलियत पसलमार्फत बजार मूल्य भन्दा सस्तोमा दैनिक उपभोग्य सामाग्रीहरु उपलब्ध गराउने छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment