देशभर ६१.६२ प्रतिशत धान रोपाइँ सम्पन्न, गत वर्षभन्दा प्रगति सुस्त
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ मा देशभर हालसम्म ६१.६२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार, आषाढ ३२ गतेसम्म कुल १३ लाख ६६ हजार ५६२ हेक्टर धान रोपाइँ हुने क्षेत्रफलमध्ये ८ लाख ४२ हजार ६८ हेक्टरमा मात्र रोपाइँ सकिएको हो।
गत वर्षको सोही अवधिसम्म (श्रावण ४ गतेसम्म) देशभर ७२.१४ प्रतिशत रोपाइँ भइसकेको थियो। यस वर्षको तुलनात्मक तथ्यांकले गत वर्षको तुलनामा यस पटक रोपाइँको गति केही सुस्त रहेको देखाएको छ।
प्रदेशगत विवरणअनुसार सुदूरपश्चिम प्रदेश ८७.८ प्रतिशत रोपाइँका साथ अग्रस्थानमा छ। त्यसैगरी, गण्डकी प्रदेशमा ६५.९ प्रतिशत, कर्णाली प्रदेशमा ६०.२ प्रतिशत, लुम्बिनी प्रदेशमा ५९.६ प्रतिशत, मधेस प्रदेशमा ५७.९ प्रतिशत र बागमती प्रदेशमा ५७.१ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। कोशी प्रदेशमा भने सबैभन्दा कम ५४.९ प्रतिशत मात्र रोपाइँ भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
धान खेतीका लागि निर्धारित कुल क्षेत्रफलमध्ये अझै करिब ३८ प्रतिशत क्षेत्रमा रोपाइँ हुन बाँकी रहेकाले आगामी दिनमा मौसमको अनुकूलतामा रोपाइँको दर बढ्ने अपेक्षा गरिएको छ।







डिसी नेपाल





Facebook Comment