घुस लिएको अभियोगमा इञ्जिनीयर र अध्यक्ष बिरुद्ध मुद्दा

डिसी नेपाल
१८ फागुन २०७६ २०:५६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामका तत्कालीन सिनियर डिभिजनल इञ्जिनीयर सुवास बस्नेत र श्री डिस्टिलरी प्रालिका अध्यक्ष धनेन्द्र खड्काविरुद्ध विशेष अदातमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार झापा जिल्लामा सडक ग्राभेलको काम गर्दा बिल भरपाई गरी भुक्तानी गर्ने प्रयोजनका लागि घुस माग गरेको अभियोग तिनलाई लागेको छ ।

उनीहरुले पटकपटक गरी ३७ लाख ५० हजार बराबरको घुस लिएको अभियोगसहित विशेष अदालतमा मुद्दा दायर गरिएको हो । सिडिई बस्नेतले आफन्त पर्ने कार्कीको श्री डिस्टिलरी प्रालिको बैंक खातामा रकम जम्मा गर्ने गरेको पाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *