सामसुङको १ लाख बढीको मूल्यपर्ने २ वटा मोबाइलको बुकि खुल्ला

डिसी नेपाल
१९ फागुन २०७६ १६:२९

काठमाडौं । सामसुङले ल्याएको दुई नयाँ स्मार्टफोनको नेपाली बजारमा प्रि अर्डर खुला गरेको छ । सामसुङ नेपालले ग्यालेक्सी एस२० र एस२० प्लसको प्रि अर्डर फागुन १४ गतेबाट खुला गरेको जानकारी दिएको छ ।

नेपालमा फागुन ३० गतेबाट मात्रै उक्त फोनहरु उपलब्ध हुनेछन । यद्यपी प्रि अर्डर गरेका उपभोक्ताहरुले भने सो मितिभन्दा अगाडी नै पाउनेछन् । सामसुङको ग्यालेक्सी एस२० सिरिजले भिडियोग्राफी र फोटोग्राफीलाई नयाँ ढंगले प्रस्तुत गरेको सामसुङ मोबाइल विजिनेस हेड प्रणय रत्न स्थापितले जानकारी दिए ।

फ्यागसिप डिभाइसमा रहेको सेन्सर र प्रविधिले फोटो तथा भिडियो खिच्न सजिलो बनाउने उनले बताए । फोटोका लागि ६४ मेगापिक्सलको क्यामरा र सेन्सर राखिएको छ । ३०एम्स जुम सिस्टम पनि दुबै फोनमा रहेको छ । सामसुङको यो सिरिजको फोनबाट ८के सम्मको भिडियो रेकर्डिङ गर्न सकिने छ, जुन विश्वका अन्य फोनहरुमा नभएको उसको दावी छ ।

फोनको अग्रिम अर्डर अवधिमा नेपाका कुनै पनि सामसुङ स्टोरमा ५ हजार अग्रिम जम्मा गरेर अर्डर गर्न सकिन्छ । एस२०प्लस अर्डर गर्ने ग्राहकहरुले ग्यालेक्सी बड्स प्लस निःशुल्क वा ३२ इन्चको सामसुङ टिभी ५ हजार ९ सय ९९ मा खरिद गर्न सक्नेछन् । एस२० को अग्रिम बुकिङ गर्नेहरुले २ हजार ९ सय ९९ थप गरी ग्यालेक्सी बड्स प्लस खरिद गर्न सक्नेछन् । ३२ इन्चको टिभी ८ हजार ९ सय ९९ मा खरिद गर्न सक्ने सामसुङले जनाएको छ ।

अग्रिम अर्डर गरेका ग्राहकहरुले एक पटकको टुटफुटमा १२ महिनाको बीमा तथा विभिन्न बैंकहरुबाट किस्ता (एएमआइ) पनि उपलब्ध हुने छ । लक्की ड्रका लागि अग्रिम बुकिङ गर्ने ग्राहकहरु स्वतः योग्य हुने बताइएको छ । जसमा विजेताहरुले टर्कीस एयरलाइन्सको तर्फबाट दुईतर्फि बिजनेस क्लास टिकेट, ग्यालेक्सी वाच एक्टि २, केजीएच ग्रुपको वाटार फ्रन्ट रिसोर्ट वा हिमालय फ्रन्ट होटलमा दुइ रात बास बस्न पाउनेछन । तयसैरी लेट मि इनको तर्फबाट ५ हजार बराबरको कुपन पनि पाइने बताएको छ । एस२० को मूल्य १ लाख ७ हजार ४ सय ९९ र एम२०प्लसको मूल्य १ लाख १९ हजार ४ सय ९९ रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *