कोरोना त्रासः आवश्यक परे अन्तर्राष्ट्रिय उडान रोक्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं। कोरोनाबाट बच्न सर्वोच्च अदालतले आवश्यक परे अन्तर्राष्ट्रिय उडान रोक्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ।
सोमबार सर्वोच्चका न्यायधीश तेजबहादुर केसीको इजलासले अधिवक्ता पूर्ण राजवंशीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै यस्तो आदेश दिएको हो।
सर्वोच्चले कोरोना भाइरस फैलिएको मुलुकसँगको यातायतमा कडाई गर्नसमेत भनेको छ।
सर्वोच्चले भनेको छ, ‘कोरोना भाइरसको संक्रमण गम्भीर रुपमा फैलिएको चीन, जापान, दक्षिण कोरिया, बहराइन, इरानज आदि देशबाट साेझै वा ट्रान्जिट भएर विमानस्थलमाअवतरण गर्ने उडानको अवस्था र परिस्थिति मूल्यांकन गरी जनताको स्वास्थ्यसम्बन्धी राष्ट्रिय हितलाई ध्यानमा राखी केही दिन र महिनाका जागि अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने र तीन देशका नागरिकलाई स्वास्थ्य परीक्षण विना प्रवेशमा रोक लगाउनू।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment