सुदूरपश्चिमको भाषा हराउन थाल्यो : सभापति देउवा
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको भाषा हिजोआज हराउन थालेको बताएका छन् ।
सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा मंगलबार धनगढीमा आयोजित ‘विश्व नेपाली साहित्य महोत्सव’ को समापन समारोहमा उनले हामी सबैमा आ–आफ्नो भाषा बोल चाल गर्ने बानी घटी सकेको बताउदै यसलाई छोड्न नहुने धारणा व्यक्त गरे।
सभापति देउवाले भने, “अलिकति बैतडीका दाजुभाईले आफ्नो भाषा बोल्ने गरेको भए पनि अन्य जिल्लाकाले भने बोल्नै छाडी सकेका छन्, भाषा बोलचालबाटै हराउछ भने त्यो भाषा कति दिन टिक्न सक्छ ।” उनले नेपाली भाषाको उत्थान सुदूरपश्चिमबाट भएको हो भनेर धेरै विद्धानहरुले मानेको उल्लेख गरे। सभापति देउवाले भाषा, संस्कृतिको संरक्षणका लागि सबै एक जुट भएर लाग्नु जरुरी रहेको बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment