काँग्रेसले पाँच लाख क्रियाशील सदस्यलाई प्रशिक्षण दिने
काठमाडौं। नेपाली काँग्रेसले पार्टीका पाँच लाख क्रियाशील सदस्यलाई प्रशिक्षण दिने कार्ययोजना प्रस्तुत गरेको छ । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख एवं केन्द्रीय उपसभापति विमिलेन्द्र निधिको अध्यक्षतामा बुधबार बसेको प्रतिष्ठानको बैठकमा उक्त कार्ययोजना प्रस्तुत गरिएको हो ।
प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरु, जिल्ला प्रशिक्षण शाखाका प्रमुख ९जिल्ला उपसभापतिहरु० को संयुक्त बैठक बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी कार्यालयका सचिव मुक्ति आचार्यले जानकारी दिए। बैठकले ७७ वटै जिल्लाका छ हजार ७४३ वडामा सञ्चालन गर्ने प्रशिक्षण कार्यक्रमका लागि दश हजार प्रशिक्षण प्रशिक्षक तयार गर्ने कार्ययोजना अनुमोदन गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै उपसभापति निधिले ७७ वटै जिल्ला र १३० प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रशिक्षण शाखा गठन गर्न जिल्ला प्रशिक्षण शाखाका प्रमुखलाई निर्देशन दिए। बैठकमा जिल्ला प्रशिक्षण शाखाका प्रमुखहरुले आआफ्नो धारणा राखेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment