काँग्रेसले पाँच लाख क्रियाशील सदस्यलाई प्रशिक्षण दिने

डिसी नेपाल
२१ फागुन २०७६ २२:४८

काठमाडौं। नेपाली काँग्रेसले पार्टीका पाँच लाख क्रियाशील सदस्यलाई प्रशिक्षण दिने कार्ययोजना प्रस्तुत गरेको छ । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख एवं केन्द्रीय उपसभापति विमिलेन्द्र निधिको अध्यक्षतामा बुधबार बसेको प्रतिष्ठानको बैठकमा उक्त कार्ययोजना प्रस्तुत गरिएको हो ।

प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरु, जिल्ला प्रशिक्षण शाखाका प्रमुख ९जिल्ला उपसभापतिहरु० को संयुक्त बैठक बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी कार्यालयका सचिव मुक्ति आचार्यले जानकारी दिए। बैठकले ७७ वटै जिल्लाका छ हजार ७४३ वडामा सञ्चालन गर्ने प्रशिक्षण कार्यक्रमका लागि दश हजार प्रशिक्षण प्रशिक्षक तयार गर्ने कार्ययोजना अनुमोदन गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै उपसभापति निधिले ७७ वटै जिल्ला र १३० प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रशिक्षण शाखा गठन गर्न जिल्ला प्रशिक्षण शाखाका प्रमुखलाई निर्देशन दिए। बैठकमा जिल्ला प्रशिक्षण शाखाका प्रमुखहरुले आआफ्नो धारणा राखेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *