कोरोना त्रास : डरले टेकु अस्पताल पुग्नेको भीड

खेमराज थापा
२२ फागुन २०७६ १६:१७
8
Shares

काठमाडौं। उत्तरी छिमेकी मुलुक चीनको वुहानबाट फैलिएको रहस्यमयी कोरोना भाइरसले विश्वभरी आतंक मच्चाए पनि नेपालमा भने हालसम्म देखिएको छैन।
तर, कोरोनाको त्रासबाट भने नेपालीहरु पनि अछुत छैनन्। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्ला दिनहरुमा स्वास्थ्य जाँच गराउन आउनेहरुको चाप निकै बढेको छ।

अस्पतालका डा. अनुप बाँस्तोला भन्छन्, ‘यहाँ फोबिया जस्तो देखिएको छ। मान्छेहरु जाँचका लागि आउनेक्रम निकै बढेको छ।’ खास गरी हाल कोरोना देखिएका मुलुकहरुसँग सम्बन्धित रहेका व्यक्तिहरुमा अझ डर बढी देखिएको उनले बताए। उनी भन्छन्, ‘तर, यसरी डराउनु पर्ने कारण छैन। यहाँ हालसम्म कोरोना संक्रमित व्यक्ति फेला परेको छैन। अब काउन्सिलिङको व्यवस्था गर्नुपर्ने अवस्था आएको छ।’

यसैबीच बुधबार राती टेकु अस्पतालबा भागेको व्यक्ति कोरोना पोजेटिभ नभएका व्यक्ति रहेको डा. बाँस्तोलाले जानकारी दिए। उनले भने, ‘हामीले आइसोलेशनमा राखेर उपचार गर्ने कुरा गरेका थियौं। उहाँ पोजेटिभ होइन। खै किन हो जानुभएछ। उहाँ पोजेटिभ विरामी भएको भए त प्रहरी लगायर पनि ल्याउँथ्यौं।’

त्यसो त टेकु अस्पतालमा हाल केही विरामको आइसोलेशनमा राखेर उपचार भइरहेको उनले बताए। तर, यकिन संख्याबारे भने उनले जानकारी दिएनन्। उनले भने, ‘केही एअरपोर्टबाट ल्याइएका व्यक्तिलाई आइसोलेशनमा राखेका छौं। उहाँहरुको रिपोर्ट पोजेटिभ आयो भने भनिहाल्छौं। अहिलेसम्म पोजेटिभ रिपोर्ट आएको छैन।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *