भारतीय राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

डिसी नेपाल
२२ फागुन २०७६ १६:४५

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष तीन देशका राजदूतहरूले आआफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। राष्ट्रपति भवन, शीतल निवासमा बिहीबार अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि गणतन्त्र भारतका आवासीय राजदूत विनयमोहन क्वात्रा तथा गणतन्त्र सिसेल्स र मेक्सिकोका गैरआवासीय राजदूतद्वय टमस सेल्वि पिल्ले र फेडेरिको सालास लोट्फीले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन्।

त्यस अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी तथा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *