टिपरको ठक्करबाट एक जनाको मृत्यु

डिसी नेपाल
२३ फागुन २०७६ १७:१३

पाल्पा । पाल्पाको तानसेन नगरपालिका–७ लामीडाँडामा शुक्रबार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार तानसेन नगरपालिका–७ का ५५ वर्षीय मधु श्रेष्ठ रहेकी छन् । मोटरसाइकल चालक ६२ वर्षीय हिमालप्रसाद श्रेष्ठ गम्भीर घाइते भएका छन् । मधु चालक श्रेष्ठको श्रीमती हुन् ।

तानसेनबाट बुटवल जाँदै गरेको लु २ ख ३१७८ नम्बरको टिपरले सोही दिशामा गएको लु ७ प ४३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले घाइते हिमालको लुम्बिनी मेडिकल कलेज प्रभाषमा उपचार भइरहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *