गच्छदार समूहका ११ जना काँग्रेस केन्द्रीय सदस्यमा मनोनित
काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन मधेशी जनाधिकार फोरमबाट पार्टी एकीकरणपछि काँग्रेसमा प्रवेश गरेका ११ जना नेतालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गरेका छन्।
नेपाली कांग्रेस पार्टीमा तत्कालिन नेपाल लोकतान्त्रिक फोरमका सांगठनीक संरचना समायोजन गर्नका लागि गरिएको सहमती अनुसार सभापति ल देउवाले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ११ जना नेतालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरेको काँग्रेसले जनाएको छ।
१ रामजनम चौधरी (कैलाली)
२ मो. नसिर सिद्धिकी (सिराहा)
३ भारतेन्दुकुमार मल्लीक (झापा)
४ हेमराज तातेड (सप्तरी)
५ डा गोपाल दहित (बर्दिया)
६ मंगलप्रसाद थारु (बर्दिया)
७ योगेन्द्र चौधरी (दाङ्ग)
८ हरिप्रसाद न्यौपाने (मोरङ्ग)
९ सुमित्रा थरुनी (सुनसरी)
१० कल्पना चौधरी (सुनसरी)
११ पवनकुमार सारडा (मोरङ्ग)
No ads found for this position

डिसी नेपाल
Facebook Comment