गौतमबुद्ध रङ्गशालालाई जापानबाट ४ लाख ५ हजार सहयोग

डिसी नेपाल
२४ फागुन २०७६ ७:४०

बागलुङ । जिल्लाको गलकोटबाट रोजगारी र अध्ययनका लागि जापान पुगेका युवाद्वारा स्थापित ‘गलकोट स्पोर्ट्स क्लब’ले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई आर्थिक सहयोग प्रदान गरेको छ ।

गलकोट समाज चितवनका पदाधिकारीमार्फत नगद रु चार लाख पाँच हजार हालै ‘धुर्मुस सुन्तली फाउण्डेशन’लाई हस्तान्तरण गरिएको क्लबका अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिए।

अध्यक्ष कार्कीका अनुसार दुई वर्षअघि पनि क्लबले रु एक लाख फाउण्डेशनलाई सहयोग गरेको थियो । क्लबले हरेक नेपाली नयाँ वर्षमा आयोजना गर्ने भलिबल प्रतियोगिता एवं वार्षिकोत्सवबाट बचेको पैसा खेल क्षेत्रमा सहयोग गर्दै आएको छ।

सन् २०१५ मा स्थापना भएको क्लबले जापानमा रहेका नेपाली खेलाडीलाई एकताबद्ध गर्ने र खेल गतिविधिमा क्रियाशील बनाउँदै आएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *