बलिउड अभिनेत्री जयाप्रदाविरुद्ध गैरजमानती पक्राउ पूर्जी जारी
मुम्बइ। बलिउड अभिनेत्री जयप्रदाविरुद्ध गैर जमानती पक्राउ पूर्जी जारी भएको छ । उत्तर प्रदेशको रामपुर अदालतले उनीविरुद्ध २०१९ को निर्वाचनमा आचार संहिता उल्लंघन गरेको अभियोगमा ‘नन बेलेबल वारेन्ट’ जारी गरेको हो । जया प्रदा अहिले भारतीय जनता पार्टीबाट राजनीतिमा सक्रिय छिन् ।
उनले निर्वाचनको समयमा समाजवादी पार्टीका आजम खान र बिएसपीकी सुप्रिमो मायावती विरुद्ध अभिव्यक्ति दिएकी थिइन् । उनीविरुद्धको मुद्दाको सुनुवाई अप्रिल २०गते हुने भएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment